सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८३ कार्तिक १७, ०७:३१ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ८९ हजार आठ सय बाउन्न रुपैया बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको हो। भन्सार छलीका सुर्ति, गुटखा, बिडी, पटाका र किराना लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस