सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सुरज पक्राउ, चोरी मुद्दामा ठहरिएका थिए दोषी

२०८३ कार्तिक १८, १०:०२ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१३ का ३१ वर्षीय सुरज चौधरीलाई मंगलबार पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसलाले चौधरीलाई चोरी मुद्दामा तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस