कञ्चनपुरका गोबिन्द लागूऔषधसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरका गोबिन्द महरा लागूऔषधसहित पक्राउ परेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन १९ ग्राम ८ मिलिग्रामसहित सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय गोबिन्द महरा पक्राउ परेका हुन्।
महरालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बन्साहा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ।