सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

२०८३ कार्तिक २३, ०८:५५ खबर संवाददाता

काठमाडौंः मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्।

गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीया कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए। रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको उनले बताए।

प्रहरी निरीक्षक दाहालले भने, 'बुधराममाथि उनकै श्रीमती कमली र भारतीय नागरिक सुनिलले टाउकोमा रड प्रहार गरेका रहेछन्। घटनापछि मिश्र पक्राउ परेका छन् भने उनकी श्रीमती कमली फरार छिन्। बुधराममाथि किन रड प्रहार गरियो भन्नेबारे अहिले खुल्न सकेको छैन।’

रड प्रहार गर्ने मध्ये मिश्र पक्राउ परेको र कमलीको खोजी भइरहेको उनले बताए। बुधराममाथि रड प्रहार गर्नुका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए।

कमेन्ट लोड गर्नुस