पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।
सुदूरपश्चिम यसअघिका पाँच खेलमा तीन जित र दुई हारसहित छ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। यस्तै, जनकपुर दुई जित र तीन हारसहित चार अंकका साथ पाँचौँ स्थानमा छ।