बाजुरा र डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ
धनगढीः बाजुरा र डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत बाजुराको मिति २०७८ चैत्र १ गतेको फैसलाले गर्भ संरक्षण मुद्दामा १ वर्ष कैद सजाय र दश हजार जरिवाना तोकिएको बुढीनन्दा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रकाश लोवार पक्राउ परेका हुन्। लोवारलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको जनाएको छ।
यसैगरी जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र ११ हजार जरिवाना तोकिएको आलिताल गाउँपालिका–२ घर भई हाल अमरगढी नगरपालिका–४ खलंगा बस्ने ४२ वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्। पुनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो अमरगढी नगरपालिका–३ आईत बजारबाट पक्राउ गरेको जनाएको छ।