सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १९ गते पेनाल्टी सुटआउट प्रतियोगिता हुँदै

२०८३ मंसिर १०, ०५:०१ खबर संवाददाता

धनगढीः धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ। नेक्स्ट जेनेरेसन धनगढीको आयोजनामा मंसिर १९ गते शनिबार धनगढी उपमहानगरपालिका–७ स्थित वडा कार्यालयको विपरीततर्फ रहेको कालिका खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले २० हजार रुपैयाँ र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस