सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्युजिक भिडियोमा बेनिशा

२०७५ जेठ २०, ०९:३५

लोकप्रिय नायिका बेनिशा हमालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेनिसाले गायक कन्काईस्ट राईको आवाजमा ‘मुटुभित्रै देउन मलाई बास’ बोलको गीतमा अभिनय गरेकी छन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्न सफल  बेनिसासँग मोडल टंकराज कुलुङले अभिनय गरेका छन् ।
    बिरासत–२ एल्वममा समावेश उक्त गीतको भिडियो चर्चित निर्देशक निकेश खड्काले  निर्देशन गरेका हुन् । भिडियोमा युगल जोडीबिचको मायाप्रेमको प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीले गरेका हुन् । 
    भिडियोमा सविना गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।
 

कमेन्ट लोड गर्नुस