सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य परीक्षण गर्न गएकी महिलालाई अस्पतालका चिकित्सकले गरे बलात्कार

२०७६ मंसिर ९, ०६:१९

स्वास्थ्य परीक्षण गर्न गएकी महिलालाई अस्पतालका चिकित्सकल नैे बलात्कार गरेकोको भन्दे पक्राउ गरिएको छ। ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा बलात्कारको अभियोगमा पक्राउ परेका हुन। अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

‘अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएकी एक महिलाले झाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरेका छौं,’ ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले भने ।
पक्राउ परेका झालाई ललितपुर प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरू गरिएको एसएसपी राईले बताए ।
 

कमेन्ट लोड गर्नुस