टीकापुर अस्पतालका नवनिर्वाचित अध्यक्ष रावलले भने – टीकापुरबासीको भरोसा टुट्न दिनेछैन
कैलाली: टीकापुर अस्पतालका नवनिर्वाचित अध्यक्ष दिपक रावलले टीकापुर अस्पतालभित्र सबैको प्रतिनिधि भएर काम गर्ने बताएका छन्। नवनिर्वाचित व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष रावलले टीकापुर अस्पताललाई व्यवस्थित गर्न सबैका भावना समेटेर काम गर्ने बताएका छन्।
उनले भने ‘अबको २ वर्ष अस्पताललाई दिनेछु, टीकापुरबासीको भरोसा टुट्न दिनेछैन’ बिरामीलाई सहज उपचार सेवा पाउने वातावरणका लागि सक्रीय भएर लाग्ने बताउँदै उनले सबै राजनितिक दल, संघसंस्था र सरोकारवालाको सहयोग चाहिएको बताए ।
कार्यक्रममा नेकपा कैलालीका इञ्चार्ज रुपा चौधरी, नेकपाकै नगर इञ्चार्ज खडक शाह नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, वडा नम्बर १ का वडा अध्यक्ष गंगाराम आचार्य, खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष भैरव रावल, अस्पतालका निवर्तमान अध्यक्ष रतन खड्का, डाक्टर सन्जय भुषाल लगायतले बोलेका थिए।