सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच वर्षदेखि कोरियामा कार्यरत एक नेपालीको मृत्यु

२०७६ मंसिर १०, ०४:०९

पाँच वर्षदेखि कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको हो। रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिए।

परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो। पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस