कार्यालय सहयोगीको भरमा डोटीको आयुर्वेदिक औषधालय
डोटी: डोटीको आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा संचालन भइरहेको भेटिएको छ। देशभरका अस्पताल चिकित्सकविहिन बनेका बेला उक्त औषधालय पनि समायोजनको चेपेटामा परेको छ।
यसभन्दाअघि कार्यालय प्रमुख रुपमा कविराज संजय कुमार यादव कार्यरत थिए तर ढेड महिना अगाडी उनको समायोजन भएकाले आयुर्वेदिक औषधालय कार्यालय प्रमुखविहिन बनेको छ। त्यस्तै औषधालयमा वैद्यका रुपमा खेम बहादुर खड्का कार्यरत थिए तर उनको पनि समायोजन भएकाले अहिले उक्त औषधालय कार्यालयले सहयोगीले संचालन गरिरहेका छन्।
दुवैजना गइसकेपछि अहिले कार्यालय सहयोगी धनबहादुर धामीले विरामीहरुलाई औषधी दिइरहेका छन्। ‘औषधालयमा चाहिनेजती सबै प्रकारका औषधि छन तर मलाई त्यति जानकारी छैन, विरामी आएभने आफुले थाहा पाएकोजति दिएर पठाउने गरेको छु’ उनले भने।