हङकङमा बस्दै आएका नेपालीहरुद्धारा १५ लाखको अक्षयकोष स्थापना
तनहुँ स्थायी घर भई रोजगारको सिलसिलामा हङकङमा बस्दै आएका नेपालीहरुले स्थापना गरेको तनहुँ समाज हङकङले १५ लाखको अक्षयकोष स्थापना गरेको छ। जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले समाजले उक्त अक्षयकोष स्थापना गरेको हो। हङकङमा बस्ने तनहुँवासीले विसं २०५६ मा स्थापना गरेको समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष प्रेम गुरुङले बताए। हङकङमा प्रत्येक दुई वर्षमा आयोजना हुने तनहुँ बाराही साँझ साङ्गीतिक कार्यक्रममार्फत बचेको रकमले अक्षयकोष स्थापना गरिएको छ।
अक्षयकोषमा यस वर्ष रु पाँच लाख थप गरी अक्षयकोषको रकमलाई रु १५ लाख पु¥याइएको समाजका पूर्वअध्यक्ष भीम गुरुङले बताए। गुरुङका अनुसार हङकङमा हालै सम्पन्न पाँचाँै बाराही साँझबाट सङ्कलित रु पाँच लाख अक्षयकोषमा वृद्धि गरिएको हो। दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ। समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भिमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ।
समाजमा ४०० तनहुँ वासी आबद्ध छन्। समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ। समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ। रासस