यी हुन मिस नेपाल अनुष्का श्रेष्ठका प्रेमी
मिस नेपाल अनुष्का श्रेष्ठले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्। नेपालको सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१९कि विजेता अनुष्काले आफ्नो प्रेमीको नाम भने बताउन चाहिनन्। तर, उनले आफ्नो इन्स्टाग्राम प्रेमीको तस्विर सेयर गरेको र त्यहाँ हेर्दा प्रष्ट हुने बताइन्।
उनको इन्स्टाग्राम हेर्दा अनुष्काको प्रेमी श्रीजेश गजुरेल रहेको अनुमान लगाउन सकिन्छ। इन्स्टाग्राममा सेयर गरिएका तस्विरमा उनीहरु एकअर्काको अंगालोमा देखिन्छन, र सोही किसिमको क्याप्सन लेखिएको छ।
अनुष्का हालै लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएकी थिइन्।