कतारमा कारागार सजाय भोगिरहेका नौ नेपालीलाई माफि
कतारमा बिभिन्न कारागारमा सजाय भोगिरहेका ९ जना नेपालीलाई माफी दिएको छ। कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा ९ जना नेपालीलाई माफी दिएको हो। त्यसमध्ये राहदानी नभएका ४ जना नेपालीलाई बुधबार नै एकतर्फी यात्रा अनुमति दिएको त्यहाँस्थित नेपाली दुतावासले बताएको छ।
कतारले गत डिसेम्बर १८ तारिखमा आफ्नो राष्ट्रिय दिवस मनाएको हो। रिहा हुने नेपालीहरुको नामसहित नेपालको ठेगाना र उनीहरु के कस्तो कसुरमा कहिले देखि जेल परेका हुन भन्ने विषयमा भनें नेपाली दूतावासले कुनै जानकारी दिएको छैन।