सुदूरपश्चिमको गीत ‘सुन्दर सुदूर’ सार्वजनिक(भिडियो सहित)
धनगढी: सुदूरपश्चिमका विभिन्न धार्मिक, ऐतिहासिक तथा सुन्दर पर्यटकिय स्थलहरुलाई उजागर गर्ने विशेष देउडा गीत ‘सुन्दर सुदूर’ सार्वजनिक भएको छ।
कलशी रोकायको शब्दसंगित तथा निर्देशन समेत रहेको गीतमा गायीका कलशी रोकायसँगै भुवनप्रकाश बडुको स्वर रहेको छ। एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त भिडियोमा प्रसिद्ध मोडल सनम कठायतका कान्छा भाइ कैलाशले अभिनय गरेका छन्। गीतमा उनलाई नताशा ब्लोनले साथ दिएकी छन्।
भम्रण वर्षलाई लक्षितगरि सार्वजनिक भएको डेउडा गीतले सुदूरपश्चिमको पर्यटन विकासका निम्ती महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।