सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रादेशिक प्रतिभा पुरस्कार वितरण पहँुचको भरमा भएको आरोप

प्रतिभाको कदरमा पनि राजनितिकरण

२०७५ जेठ ३०, ०६:३५

सरकारले प्रत्येक बर्ष प्रदान गर्दै आएको प्रादेशिक प्रतिभा पुरष्कारको छनौट निष्पक्ष नभएको आरोप लागेको छ । पुरस्कारले साच्चिकै प्रतिभाको सम्मान गर्न नसकेको भन्दै यस क्षेत्रका साहित्यकारहरुले विरोध जनाउन थालेका हुन् । सस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले हरेक बर्ष वितरण गर्दै आएको प्रतिभा पुरष्कारको घोषणा भएसंगै त्यस्को विरोध भएको हो । 

सस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुगाएको भन्दै महाकाव्यकार मणिराज जोशी, संगित तथा नाट्य विधामा सुदादेवी चाँड, ललितकला विधामा टिकापुर कैलालीका दीपक आउजी र भाषा तथा साहित्य विधामा दार्चुलाका चन्द्रदेव जोशीलाई प्रादेशीक प्रतिभा पुरष्कार मार्फत सम्मान गर्ने सस्कृती पर्यटन तथा नागरीक उड्यान मन्त्रालयले जनाएको छ । महाकाव्यकार जोशीलाई प्रतिभा पुरष्कार मार्फत सम्मान गरेर प्रतिभाको सम्मान भएको यस क्षेत्रका साहित्यकारले प्रतिक्रिया दिएका छन् । तर केहि अन्य व्यक्तीलाई साहित्य, सस्कृतिमा योगदान नै नपुगाएर पनि सम्मान गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । उनीहरुले साहित्यक क्षेत्रको सम्मान पनि पछिल्लो समय पहुँचका भरमा वितरण हुन थालेको आरोप लगाएका छन् । प्रतिभा पुरष्कार पाउने चारै जनालाई ५० हजार नगद सहित सम्मान गरिनेछ । 
 

कमेन्ट लोड गर्नुस