सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘छक्का पञ्जा ३’ को गीतमा मात्र वर्षा

२०७५ जेठ ३१, ०८:५७

सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा लिड रोलमा रहेकी अभिनेत्री वर्षा राउत ‘छक्का पञ्जा ३’ मा भने एक गीतमा मात्र सिमित हुने भएकी छिन् । निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत रहेको यो फिल्मको हाल अन्तिम चरणको छायांकन भइरहेको छ । 
निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ मा अभिनेत्री वर्षा राउत एक गीतमा देखिने जानकारी दिइन् । ्रउनले भनिन्, ुहामी फिल्मको सम्पूर्ण दृश्य सकाएपछि गीत खिच्नेछौं । गीतमा वर्षा पनि देखिनेछिन् ।ु 
 उनका अनुसार, वर्षाको फिल्ममा एक गीतबाहेक अन्य सिन हुने छैन । रोचक कुरा त यो फिल्ममा उनका प्रेमी संजोग कोइरालाको पनि अभिनय छ । उनले आफ्नो भागको सिन भने भ्याइसकेका छन् । अभिनेता पुष्प खड्काले अन्तिम समयमा फिल्म नगर्ने निर्णय लिएपछि निर्माण टिमले उनको ठाउँमा संजोगलाई भित्राएको थियो । 
 गएको शनिवार मात्र अभिनेत्री स्वस्तिमा खड्काले पनि यो फिल्म ज्वाइन गरेकी थिइन् । यसअघि उनी फिल्ममा हुने विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । उनको एक गीत र केही सिन रहने बताइएको छ । 
 यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । ुछक्का पञ्जा ३ु मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । 

कमेन्ट लोड गर्नुस