अष्ट्रेलियामा नदीमा डुबेर तीन नेपालीको मृत्यु, एक गम्भीर
अष्ट्रेलियाको सिड्नीको बेरोरा क्षेत्रमा दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। क्याम्पिङमा गएका उनीहरुको शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली रहेको बताइएको छ।
अर्का एक नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको छ।
त्यस्तै सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो। रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको जानइएको छ।