मलेसियामा नेपाली यौनकर्मी महिलासहित १५६ जना पक्राउ
मलेसियामा नेपालीसहित १५६ आप्रवासी कामदार पक्राउ परेका छन्। मलेसियाली सरकारले अवैध रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ‘ब्याक फर गुड’ गत ३१ डिसेम्बरदेखि सकिएको छ।
अध्यागमनले मलेसियास्थिति विभिन्न होटल, रेस्टुराँ, बसस्टेसन, लगायत विभिन्न स्थानबाट अवैध आप्रवासीलाई पक्राउ गरेको छ। मंगलबार मात्रै अध्यागमनले क्वालालम्पुरबाट ३४ आप्रवासी यौनकर्मी पक्राउ गरेको थियो।
जसमा ९ नेपाली महिलासमेत संलग्न रहेको उल्लेख गरिएको छ।