अभिनेता अक्षय कुमारविरुद्ध उजुरी
अभिनेता अक्षय कुमारले निरमा डिटरजेन्टको विज्ञापनमा अभिनय गरेका थिए। विज्ञापनमा हालै उनले मराठा राजाको भेषमा अभिनय गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ह्यासट्याग ‘बाइकट निरमा’ लेखेर धेरैले अक्षयको विरोध गरे। मराठा योद्धालाई यस किसिमले विज्ञापनमा प्रस्तुत गर्दा मराठा समुदाय आक्रोशित भएका छन्।
सम्भाजी बिग्रेड (मराठा संघ)ले विज्ञापन बन्द गर्न उजुरीसमेत गरेका छन्। विज्ञापन तत्काल नरोके संघले प्रदेशभर आन्दोलन गर्ने बताएका छन्। अक्षयले सार्वजनिक रुपमै माफी नमागेसम्म उनका फिल्म प्रदर्शन गर्न नदिने बताइएको छ। संघका पुने अध्यक्ष सन्तोष सिन्डेले अक्षय र निर्मा कम्पनी विरुद्ध उजुरी गरेका हुन्।