भारतमा अलपत्र परेका डोटीका एक बालकको उद्धार गरि आफन्तको जिम्मा
भारतमा अलपत्र अवस्थामा भेटीएका डोटीको बेगटान गाउँपालिका सिमचौर वडा नम्बर ३ काटेमौडा बस्ने अम्मर बोहराका १४ वर्षीय छोरा अर्जुन बोहरालार्ई आफन्तको जिम्मा लगाइएको छ। जनवरी ८ तारिखमा अपरान्ह ४ बजे आफन्तहरु संग मथुराबाट पुना जाने क्रममा पुना रेल्वे स्टेशनबाट छुटेका थिए।
उनलाई नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत पर्ने पुणे सिटि शाखाले उद्धार गरि आफन्तको जिम्मा लगाएको जनाएको छ। नेपाली जनसम्पर्क समितिका बरिस्ठ सल्लाहकार भोजराज रावतले बोहरालाई रोइरहेको अवस्थामा भेटेपछि जनसम्पर्क समिति शाखामा जानकारि गरेका थिए।