सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो बन्यो ‘भैरे’ को ट्रेलर

२०७५ असार ६, ०७:४५

 साउन ४ गते रिलिज हुने नेपाली चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर रिलिज भएको हो । 
कार्यक्रमका चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ । 
चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन् । यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल चलचित्रका सह–निर्मातामा छन् ।
नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’को सम्पादन बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’का सम्पूर्ण दृश्य खिचेका छन् ।
सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

कमेन्ट लोड गर्नुस