सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्ण दासको स्वरमा ‘तिम्रो मन’

२०७५ असार ७, ०८:५९

 चर्चित गायक कर्ण दासको स्वरमा ‘तिम्रो मन’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सुरज विश्वकर्माको रहेको छ । मार्कस दासले गीतको एरेन्ज गरेका हुन् ।
माधुरी उपाध्यायको फोटो मोडलिङ रहेको लिरिकल भिडियो निर्माण गरिएको छ । गीतले संगीत पारखीको मन जित्ने विश्वास रचनाकार विश्वकर्माको छ ।
सुरज हाल वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा छन् । केही महिनाअघि उनले कर्ण दास र बानिका प्रधानको स्वरमा बिस्तारै बिस्तारै बोलको रोमान्टिक युगल गीतको भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए ।

कमेन्ट लोड गर्नुस