सुदूर नेपाललाई विश्वसँग जोड्दै

एघार किलोग्रामको विश्वकै ठूलो किताव !

फाईल फोटो
फाईल फोटो
२०७६ माघ २७, ०८:५७

उत्तरी हंगेरीमा हातैले बनाएको एउटा किताव विश्वकै ठूलो भएको दाबी गरिएको छ। सानो गाउँ सिनपेत्रीमा बेला वर्गाले हातैले एउटा किताब बनाए। ७१ वर्षका वर्गाले किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन्। ४।१८ मिटर लामो र ३।७७ मिटर चौडा किताबमा ३ सय ४६ पाना छ।

यसको तौल १ हजार ४ सय २० किलोग्राम छ। किताबमा इलाकाका वातावरण, गुफा र भू–भागको संरचनाबारे जानकारी दिइएको छ। बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ।

उनले यो किताब त्यहाँको क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न रहेको दाबी गरेका छन। यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ।

किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ। किताबको एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता होस। कितावको तौल ११ किलोग्राम छ। एजेन्सी

कमेन्ट लोड गर्नुस