परफ्युमको प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ। शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ। प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ। किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ।
तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त? शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुत्त। बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ।
हातमा लगाएर रगड्न हुँदैन
धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ। तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन। त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ।
कपालमा प्रयोग गर्नुअघि
कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ। किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ। जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ।
कानको पछाडि
सामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन्। कानको पछाडिको भाग अति संवेदनशील भाग हो। र, यो भाग सुख्खा पनि हुन्छ। परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ। परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ। त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
नुहाउनेवित्तिकै
नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ। नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस। यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस्। जसले छालाका छिद« खुलाउँछ। त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ। तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ।
प्राइभेट पार्टको आसपास
यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस्। उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ।