पत्नीलाई पैसा दिँदैन भन्दै पतीले जलाए १० लाख डलर
एक पति आफ्नी पत्नीको प्रताडनाबाट यति तनावमा थिए कि पत्नीलाई तलाक (सम्बन्धविच्छेद) नै दिए। यति मात्र होइन तलाकपछि पत्नीलाई पैसा दिन नपरोस् भनेर ती व्यक्तिले १० लाख डलरमा आगो लगाइदिए। यो घटना क्यानडा, ओटावाको हो। त्यहाँका ५५ वर्षीय व्यवसायी ब्रूस मेककनविलेले १० लाख डलर जलाउनुको एउटै कारण थियो, पत्नी र बच्चालाई पैसा दिन चाहदैनथे।
ब्रूसले ओटावाको अदालतमा न्यायाधीश समक्ष बताएका छन, कि ’विवाहपछि पत्नीसँग राम्रो सम्बन्ध रहेन। तर केही समयपछि सम्बन्ध यति तितो बन्यो कि सँगै रहनै सकेनन्। र, सम्बन्धविच्छेद गरे।’ र, ती व्यक्तिले भने,‘जेसुकै होस् म पत्नीलाई पैसा दिन चाहदैनथे। त्यसैले पैसा जलाइदिए।’अदालतले ती व्यक्तिलाई ३० दिनको जेल सजाय सुनाएको छ।