यो माछा पौडिदैन, मात्र दौडिन्छ! (हेर्नुहोस भिडियो)
विश्वका केहि जीवजन्तुहरूको बनावट संसारलाई छक्क पार्ने खालका छन्। जमिनमा बस्ने जीवहरूभन्दा पनि पानीमा रहने जीवहरूले पटक–पटक मानिसहरूलाई अचम्ममा पार्दै आएका छन्। विश्वमा अनेकौं प्रकारका अनौँठा माछाहरू देखिन थालेका छन्।
पानीमा देखिने माछालाई हामीले पानीमा पौडिनेमात्र देख्दै आएका छौं। तर, तास्मानिया र अष्ट्रेलियाको एक क्षेत्रमा पाइने ह्याण्डफिस नाम गरेको माछा पौडिने होइन, त् दौडिन्छ। ति माछाहरूको शरीरमा हात जस्तै २ अङ्ग छन्। हातको सहायताले नै उनीहरू दौडिने गर्छन्। ह्याण्डफिस प्रजातिका माछा पौडिँदैनन्।
समुन्द्रको पिँधमा गएर दौडिन मन पराउँछन्। अहिलेको समयमा अत्यन्त दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउँन वैज्ञानिकहरू लागिपरेका छन्। सन् १९८० भन्दा अगाडि तास्मानियामा यो माछाको संख्या धेरै थियो तर अहिले दुर्लभ हुँदै गएको छ। माछाको विनास रोक्नका लागि वैज्ञानिकहरूले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बनाउँँने काम गरिरहेका छन्।