सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटै आलु १२ करोडमा बिक्रि!

। फोटो स्रोत ।
२०७६ फाल्गुन ३, ०५:४३ खबर संवाददाता

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन्। केबिन एबोसले आफूले अर्गा्निक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन्। उक्त फोटो २०१० मा खिचिएको थियो। त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ। आलूको प्रिन्टको तीन भर्सन रहेको छ।

आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को फोटो भने उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन्। कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताएका छन्। अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताएका छन्। वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराए पछि पेन्टिङ बेचेको  अन्तराष्ट्रिय सञ्चारमाध्यामलाई केबिन एबोसले बताएका हुन्। एजेन्सी

कमेन्ट लोड गर्नुस