सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइलको पासवर्ड बिर्सिनु भयो, यसरी आफैँ खोल्नुस्

२०७६ फाल्गुन ३, १०:५० खबर संवाददाता

मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ। स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन्। तर कहिलेकाँही पासओर्ड बिर्सिएर आफैं हैरानीमा समेत फसिन्छ।

यो बेला अनलकका लागि प्राविधिककोमा पुगेर उल्टै रकम समेत खर्चिनुपर्ने बाध्यता आइलाग्छ। यस्तो समस्याको बेलामा तपाईँले आफैं पनि आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ।

तरिका १ – फोन म्यानेजरको प्रयोग

यसको लागि तपाईँले आफ्नो पर्सनल कम्प्यूटर वा फोनबाट  https://myaccount.google.com/find-your-phone-guide मा जानु पर्ने हुन्छ। त्यसपछि आफ्नो गूगल एकाउन्ट लग इन गर्नुहोस् । तपाईँको कम्प्यूटरको स्क्रीनमा एउटा लिस्ट खुल्नेछ। त्यहाँबाट तपाईँले आफ्नो डिभाइसको छनौट गर्नुपर्छ जून तपाईँ अनलक गर्न चाहनुहुन्छ।

त्यसपछि तपाईँको स्क्रीनमा लक योर फोन (Lock your phone)  आउनेछ। यसमा क्लिन गर्नुहोस्। अब एक नयाँ पासवर्ड राख्नुहोस् । फेरी त्यसको तल दिईएको लक बटनमा ट्याप गर्नुहोस्। यति गरिसकेपछि तपाईँले आफ्नो लक भएको फोनमा नयाँ पासवर्ड राखेर फोन अनलक गर्न सक्नुहुनेछ।

कमेन्ट लोड गर्नुस