भ्यालेन्टाइन डे को दिन यी जोडीले गरे शव बाकसमा सुतेर विवाह
शव बाकसमा सुतेर विवाह गरेको कुरा सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो। आजभन्दा छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेकै दिनमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए।
४० वर्षीय दुलहा तानापात्पुरिन सामाङ्निती र २६ वर्षीया दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी अनौठो विवाह गरेका थिए। बैंककको बाहिरी इलाकामा रहेको त्यो मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका हुन्। उक्त जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए।
शव(बाकसमा केही बेर सुत्दा आयु लामो हुने स्थानीय विश्वास अनुसार तानापात्पुरिन र सुनान्तालुकले त्यसरी विवाह गरेका थिए । एजेन्सी