कोरोना भाइरसबारे ४० वर्षअघि नै लेखिएको थियो, उपन्यासमा
चीनमा कोरोना भाइरस देखिएपछि अहिलेसम्म कम्तिमा पनि १७ सय जना मानिसको मृत्यु भइसकेको छ। अहिलेसम्म यो कोरोना भाइरस केबाट फैलिएको हो भन्ने एकिन भइसकेको छैन।
चिनियाँ सहर वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो। अब त यो भाइरस २५ भन्दा बढी देशमा देखिइसकेको छ। तर, लेखनमा विश्वास नगर्नेहरुले वा कल्पनालाई नपत्याउनेहरुले यसबारे एउटा रोचक तथ्य थाहा पाउनु पर्ने भएको छ।
त्यो हो– यो भाइरसबारे आजभन्दा ४० वर्षअघि नै लेखिएको थियो। एउटा उपन्यास द आइज अफ डार्कनेसमा यसबारे लेखिएको छ। लेखक डाँ कुन्जले सन् १९८१ मा यो उपन्यासमा वुहान–४०० नामको भाइरसबारे लेखेका छन्। त्यसो त उपन्यासमा उनले यो भाइरस ल्याबमा विकास गरिएको पनि लेखेका छन्। अहिले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेख्न थालिएको छ। यसरी ट्विटरमा लेख्नेहरुमा भारतीय मन्त्रीसमेत छन्।