जहाँका मानिस पाहुनाको हातमा थुकेर स्वागत गर्दछन्!
हाम्रो घरमा आउने हरेक पाहुनालाई आदर सत्कार सहित स्वागत सम्मान गरिन्छ। तर विश्वमा एउटा यस्तो ठाउँ पनि छ जहाँ पाहुनालाई थुकेर स्वागत गरिन्छ। हाम्रो समाजमा थुक्नु भनेको कसैप्रति घृणा गर्नु हो रपाहुनालाई थुक्नु भनेको उसको अपमान गर्नु हो। तर केन्या र तान्जानियामा बसोबास गर्ने मसाइ जनजातिमा पाहुनालाई थुक्नु अपमान गर्नु नभएर स्वागत गरेको मान्ने गरिन्छ।
मसाइ जनजातीमा पाहुनाको स्वागत एक अर्काको हातमा थुकेर गर्ने गर्दछन्। पाहुना आउनासाथ ऊ सँग हात मिलाउनु अघि एक अर्काको हातमा थुकिन्छ र मात्र हात मिलाइन्छ। हातमा थुक्नुलाई मसाई जनजातिले सम्मानको प्रतिक मान्दछन्। उक्त जातीमा नवजात बच्चालाई पनि थुक्ने चलन छ। नवजात बच्चालाई थुक्नाले उसका सबै पाप पखालिने विश्वास गरिन्छ। एजेन्सीको सहयोगमा