सम्भोग गर्दागर्दै निकाले कण्डम, त्यसपछि सजायमा १२ वर्ष जेल
यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ।
बेलायतमा भएको उत्तः अनौठो घटनामा सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन्।
आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गर्यो।
अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो। –एजेन्सी