१०५ वर्षिया हजुरआमा प्रथम श्रेणीमा ४ कक्षा पास
‘खाने मुखलाई जुङ्गाले छेक्दैन’ यो पंक्तिलाई एक १०५ वर्षिया हजुरआमाले पुष्टि गरेकी छन्। भारतको केरलामा बस्दै आएकी एक सय पाँच वर्षकी एक वृद्धाले ७४।५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेकी छन्।
भगिरथी अम्मा नाम गरेकी वृद्धा गत वर्षको नोभेम्बरमा केरला प्रान्तमा भएको साक्षरता अभियानद्वारा आयोजित ४ कक्षाको परीक्षामा सहभागी भएकी थिइन्। ६ जना छोराछोरीका साथसाथै १६ जना नाति, नातिनी भएकी भगिरथीले उक्त परिक्षमा कूल २ सय ७५ पूर्णांकमा २ सय ५ ल्याउँदै ७४.५ प्रतिशत अंक हासिल गरेकी छन्।
११ हजार ५९३ जना विद्यार्थीहरू सामेल भएको उक्त परिक्षामा १० हजार १२ जना पास भएका छन्। जसमध्ये ९४५६ जना महिला मात्रै रहेका छन्। तीन कक्षामा पढ्दै गरेकी भगिरथीले ९ वर्षको उमेरमा पारिवारिक कारणले पढाइ छाड्नु परेको थियो।
ऐजेन्सी ।