सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा एक सेकेण्डभित्र हुन्छन् यस्ता घटनाहरू

२०७६ फाल्गुन ९, ०४:०८ खबर संवाददाता

एक सेकेण्डको समयलाई सामान्य रूपमा लिएर मानिसहरूले खासै वास्ता गर्दैनन्। तर, विश्वमा एक सेकेण्डमा विभिन्न घटनाहरू भइरहेका हुन्छन्। अध्ययनका अनुसार एक सेकेण्डभित्र ९ सय २६ रुख काटिन्छन्। एक सेकेण्डमा ३ जनाको विवाह हुन्छ भने १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन्।

हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ भने ६ बच्चाहरूले जन्म लिन्छन्। एक सेकेण्डमा मानव शरीरका ९ सय २६ कोशिकाहरू मर्दछन् भने १ लाखभन्दा बढी रासायनिक प्रतिक्रियाहरू शरीरमा देखा पर्छन्। एक सेकेण्डमा २ सय किलो फोहोर समुन्द्रमा बगाइन्छ भने अमेरिकामा मात्र २ हजार पाउन्ड भन्दा बढी खाद्यान्न फ्याँकिन्छन्।

पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ भने अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट भइरहेका हुन्छन्। एक सेकेन्डमा मौरीले आफ्नो पखेटा २ सय ७० पटक पल्टाउँछ। एक सेकेन्डमा १० हजार ५ सय कोकाकोलाको क्यानहरू बिक्री हुन्छन्। विश्वभर एक सेकेन्डमा ४१ हजार फेसबुकमा स्टेटस अपडेट गरिन्छ। बिल गेट्स प्रत्येक एक सेकेन्ड २ सय ५० डलर कमाउँछन्।

कमेन्ट लोड गर्नुस