सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहेअघि सासुको कुटाई खानुपर्ने परम्परा (भिडियो)

२०७६ फाल्गुन १०, ०२:४१

यो भिडियोमा एकजना हट्टाकट्टा युवती हातमा लौरो लिएर उभिएको देखिन्छिन्।  एकजना पुरुष उनको अगाडि उभिएको छ। अचानक ती महिलाले हातमा रहेको लौरोले युवकलाई जोडसँग पिट्न थाल्छिन्।

अचम्मको कुरा त कुटाइ खाने त्यो युवक कुनै प्रतिकार गर्दैन। बरु लौरोको मार खप्न आफ्नो पिठ्युँ थापिदिन्छ। त्यति पिट्दा पनि नखदेझैँ गर्दछ र यदि पीडा असैह्य भयो भने बीच बीचमा उभिएर दुखेको भाग सुम्सुम्याउँछ र पुनः कुटाइ खानका लागि जिउ थापिदिन्छ।

यस्तो हेरिरहँदा तपाइँलाई लागेको होला यो मान्छेले कुनै गम्भीर गल्तीको सजायँ भोगिरहेको छ। तर होइन। यो एउटा परम्परा हो। विवाहसँग जोडिएको परम्परा। दक्षिण अमेरिकी देश पेरुमा विवाह समारोहअघि बेहुलाले यसैगरी पिटाइ खानुपर्दछ। भिडियोमा पिटाई खाने युवक पनि हुनेवाला बेहुलो हो।

बेहुला कुट्ने यो परम्परा निकै धुमधामसँग मनाइन्छ। यसरी बिहे अगाडि कुटाइ खानाले बेहुलाले बिहेपछि आइलाग्ने सबै खालका समस्यासँग जुध्नसक्ने क्षमता विकास गर्ने विश्वास गरिन्छ। सुरुमा एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा हालेको यो भिडियो भाइरल नै बन्यो। यो भिडियो युट्युबमा पनि हालिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस
 

कमेन्ट लोड गर्नुस