सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन गरियो ट्वाइलेटमै बिहे ?

२०७६ फाल्गुन १०, ०२:४८

ट्वाइलेटमा त दिसा पिसाब पो गरिन्छ। तर भारतमा पनि ट्वाइलेटमै बिहे गरिएको छ । अनौठो लाग्ने यो घटना भारतको छत्तीसगढस्थित बिलासपुरको हो। समाचार अनुसार शबा नवाज नामक युवतीले १० महिना अघि नै ग्र्ने भनी तय भएको आफ्नो बिहे नगर्ने घोषणा गरेकी थिइन्। हुनेवाला बेहुलाको घरमा ट्वाइलेट नभएको भनी उनले हुनै लागेको बिहे नगरेपछि ठूलै चर्चा कमाएकी थिइन्।

तर १० महिनापछि भने उनले तिनै बेहुलासँग बिहे गरेकी छिन, जोसँग उनले यसअघि ट्वाइलेटको निहुँमा बिहे नगर्ने भनेकी थिइन्। गत वर्षको मार्च महिनामा उनले तय भएको बिहे भंग गरिन्। आफ्नो हुनेवाला लोग्नेका परिवारसँग उनले अडान राखिन् की केटाको घरमा ट्वाइलेट नभएसँग स्वयंबर हुनेवाला छैन। यदि बिहे गर्नुछ भने केटाको घरमा पहिले ट्वाइलेट बन्नु पर्दछ।

१० महिना अघि तय भएको बिहे एकाएक बेहुलीको शर्तका कारण रोकियो। तर केटा पक्षले उनको त्यो शर्त पूरा गर्ने बाचा गर्यो। हुनेवाला बेहुलाका बुवाआमाले घरमा शौचालय बनाउनका लागि नगर निगममा आवेदन दिए। ट्वाइलेट पनि बनि छाड्यो।
शर्त बमोजिमको ट्वाइलेट केटाको घरमा बनेको खबर शबाको परिवार सम्म पूराइयो। त्यसपछि त के चाहियो ? बिहेको तयारी सुरु भयो।

गत जनवरी २१ मा शबाको बिहे भयो उनै सरफराजसँग। बिहेको सहनाई अन्त होइन त्यहीँ ट्वाइलेटमै बज्यो। बिहेमा नगर निगमका सरकारी अधिकारीहरुलाई पनि बोलाइएको थियो। ट्वाइलेटमै ब्याण्डबाजा बज्न थालेपछि र बेहुला बेहुलीको बिहे नै ट्वाइलेटमै भएपनि उनीहरु पनि अक्क न बक्क भए।

तरपछि उनीहरुलाई पूरै घटनाक्रमबारेमा जानकारी प्राप्त भएपछि निकै खुसी भए।–एजेन्सी
 

कमेन्ट लोड गर्नुस