सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोनाल्ड ट्रम्पको मन्दिर र शालिक बनाएर पूजा–आराधना !

२०७६ फाल्गुन १०, ०५:५२ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वागतको तयारी भारत सरकारले त गरिरहेको छ। 

यहाँका एक घरजग्गा व्यवसायीले भने ट्रम्पको नाममा मन्दिर नै बनाएका छन्। बुस्सा कृष्ण नामका ती व्यवसायीले ट्रम्पको शालिक बनाएर आफ्नो घरलाई नै मन्दिरको रुपमा रुपान्तरण गरिदिएका छन्।

खासमा चार वर्षअघि बुस्साले आफ्नो सपनामा ट्रम्पलाई देखेका रहेछन्। त्यसपछि नै उनी ट्रम्पको भक्त भनेको सुनाउँछन्। ‘उनीप्रति मेरो माया श्रद्धामा रुपान्तरण भयो, त्यसले मलाई अपार खुसी दिएको छ। अन्य भगवानको प्रार्थना गर्नुभन्दा उनकै श्रद्धा गर्नु उचित लाग्यो,’ कृष्णले भनेका छन्।

कृष्ण दक्षिण राज्य तेलंगनास्थित एक गाउँमा एक्लै बस्छन्। ‘म आफन्तका कारण समस्या झेल्दैआएको छु, उनीहरुले भन्छन् कि, समाजमा मैले उनीहरुको अपमान गरेँ। तर उनीहरुलाई जसरी भगवान शिवलाई विश्वास गर्छन, त्यसै गरी म ट्रम्पलाई विश्वास र पूजा गर्छु। न त हामी अरुलाई त्यसो गर्नबाट रोक्न नै सक्छौँ,’ कृष्णले भने। ट्रम्प यही फेब्रुअरी २४ मा भारत भ्रमणका लागि आउँदैछन्।
 

कमेन्ट लोड गर्नुस