बिहे गर्न बलात्कार गर्नुपर्ने अनौठो चलन
संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन्। किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ। सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ।
यस्तो परम्परालाई त्यहाँ ‘अला कचु’ भनिन्छ। यो चलनअन्तर्गत आफूलाई मन परेकी युवतीलाई पुरुषले अपहरण गर्छ र एकान्तमा लगेर आफूसँग बिहे गर्न फकाउँछ। युवती राजी भइन् भने भइगयो, होइन भने बलात्कार गरेर उसले युवतीलाई बिहेका निम्ति बाध्य पर्छ। मनले खाएको युवकसँग छोरीचेलीको बिहे होस् भन्ने चाहनेले छोरीचेलीकै बलात्कारको माहोल मिलाउन सहयोगसमेत गर्ने गरेका छन्।
बलात्कृत भएपछि युवतीले पनि बिहेका निम्ति राजी हुनुपर्छ। बलात्कार गरेर युवतीलाई बिहेका निम्ति राजी गराउने यस्तो परम्पराले महिलाविरुद्ध हिंसालाई प्रवद्र्धन गरेको भन्दै सन १९९४ मा यसमाथि कानुनी प्रतिबन्ध लगाइएको थियो। तापनि, हरेक वर्ष किर्गिस्तानमा १२ हजार महिलालाई बलात्कार गरेर बिहेका निम्ति राजी गराउने गरिएको तथ्यांकले देखाउँछ।