सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक र्‍यापर जसले गर्छन् छोरीको कौमार्य परीक्षण

२०७६ फाल्गुन १२, ०५:५१

अमेरिकाका चर्चि ¥यापर हुन् टीआइ। उनको खास नाम चाहिँ क्लिफोर्ज ह्यारिस हो। उनले एक कार्यक्रममा एउटा अनौठो बयान दिएका छन्। र, त्यो पनि उनकी छोरीको विषयमा आएको बयान हो। उनले कार्यक्रममा भनेका छन्, ‘मेरी छोरी १८ वर्षकी भएकी छिन्।  र, उनको कौमार्य एकदम ठिक छ।’

टिआई एउटा पोडकास्टका लागि कार्यक्रममा गएका थिए। त्यो कार्यक्रमको नाम थियो– लेडिज लाइक अस। त्यसमा उनलाई सबै विषयमा खुलेर कुरा गर्न भनिएको थियो। उनले त्यहाँ जे जवाफ दिए, त्यसका कारण अहिले विश्व तरंगित भएको छ।

उनले आफ्नी छोरी लिएर स्त्री रोग विशेषज्ञकहाँ जाने गरेको बताउँदै माथिको अभिव्यक्ति दिएका हुन्। यसअघि यी ¥यापरलाई गैरकानुनी रुपमा बन्दुक किनेको अभियोगमा सात महिना जेल सजाय सुनाइएको थियो।– एजेन्सी

कमेन्ट लोड गर्नुस