सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराछोरीको विहे गर्न सहमत सम्धी–सम्धिनी नै भागेपछि...

२०७६ फाल्गुन १२, ०६:३२

यो दुनियाँ बढो अजिबको छ। कहिलेकाहीँ यस्ता घटनाहरु बाहिर आइरहेका हुन्छन्न्। जसले हामीलाई विश्वास गर्न पनि गाह्रो पारिदिन्छन्। एउटा यस्तै समाचार आएको छ, भारतको गुजरातबाट। त्यहाँ आफ्ना छोराछोरीको विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेका छन्।

यो समाचार भारतीय प्रयोगकर्ताले खुबै सेयर गरेका छन्। हिम्मत पटेल र शोभना रावलले आफ्ना छोरा र छोरीको विवाहमा आफूहरुले पनि विवाह गर्ने निर्णय गरेका हुन्। त्यसो त उनीहरु पहिलो पटक भेटेका भने होइनन्। यी दुईको युवाअवस्थामा प्रेम रहेको बताइन्छ।

प्रहरीका अनुसार ४३ वर्षका हिम्मत पटेल र ४२ वर्षकी शोभना रावल १० जनवरी देखि फरार भएका थिए। उनीहरुले छोराछोरीको विवाह फ्रेबुअरीमा गर्ने भनेका थिए। अब यो के हुन्छ भन्ने त्यहाँ अन्योल छाएको छ। प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ।– एजेन्सी

कमेन्ट लोड गर्नुस