२६ वर्षीय युवतीको ५६ वर्षे बोससंग अफेयर भएपछि युवतीले पाइन यस्तो सजाय
एक प्रमुख बैंककी ट्रेनीले बोससँगको अफेयर समाप्त भएपछि उनलाई बर्बाद गर्ने धम्की दिइन् र ८९ पटक मेसेज पठाइन्। २६ वर्षकी एमिली साल्ट एसएचबीसी बैंकमा ६ महिनादेखि इन्टर्नको रुपमा काम गरिरहेकी थिइन्, त्यति नै बेला ५६ वर्षका म्यानेजरसँग उनको अफेयर सुरु भयो। इंगल्याण्डको ग्रेटर म्यान्चेस्टरमा बस्ने एमिलीले ब्रेकअपको एक महिनाभित्र म्यानेजरलाई ८९ वटा मेसेज पठाइन्। एमिलीले म्यानेजर र उनकी छोरीको करियर बर्बाद गरिदिने धम्की दिइन्।
इन्टरनेशनल बिजनेस, फाइनेन्स र इकोनोमिक्समा ग्राजुएट एमिलीले ब्रेकअपपछि म्यानेजरकी छोरीलाई पनि मेसेज पठाइन् र गाली गरिन्। लण्डनको एक अदालतमा एमिलीविरुद्ध मुद्दा दर्ता गरियो जहाँ उनले म्यानेजरलाई प्रताडित गरेको आरोप स्विकार गरिन्। अदालतले एमिलीलाई १८ महिनाको रिस्ट्रेनिङ्ग अर्डर, सय घण्टाको कम्युनिटी सर्भिस र १२ हजार रुपैयाँ जरिवाना पनि तेक्यो। ब्रेकअपपछि एमिलीका पूर्व पार्टनरले स्पष्ट रुपमा उनलाई र उनको परिवारलाई सम्पर्क नगर्न भनेको बताइएको छ।
एमिलीले पुरुषको नामको पनि अकाउन्ट बनाएकी थिइन् र उनको पूर्व पार्टनरका आफन्तलाई रिक्वेस्ट पठाएकी थिइन्। एमिलीका वकिलले भनिन, ‘पीडित सिनियर थिए। ३० वर्ष जेठो। जबकि एमिली भल्नरेबल थिइन्। गहिरो प्रेममा परिन्। त्यसै कारण उनले अन्त्यमा यस्तो खराब व्यवहार गरिन्। यद्यपि, एमिली घरेलु हिंसाको पनि शिकार भइन्। उनीलाई झुटो बचन दिइयो।’
वकिलले म्यानेजरकी छोरीको बैंक अकाउन्ट पनि ह्याक गर्ने कोसिस गरिएको बताए। त्यसपछि एमिलीले पूर्व पार्टनरलाई मेसेज पठाएर ह्याक गरेको कुरा स्विकार गरिन्। एमिलीले पूर्व पार्टनरलाई धेरैभन्दा धेरै क्षती र्पुयाउने कोसिस गरेको वकिलले बताए। सुनुवाइको क्रममा न्यायाधीसले एमिलीले स्पष्ट रुपमा गलत गरेको बताए।
न्यायाधीसले भने, ‘पीडित व्यक्तिलाई समस्या र्पुयाउने उद्देश्यले नै तपाईंले उनकी छोरीमाथि पनि दुव्र्यवहार गरे।’ एमिलीमाथि १२ लाख रुपैयाँको धोकाधडीको आरोप पनि लगाइएको थियो तर पछि त्यसलाई हटाइयो। सय घण्टाको कम्युनिटी सर्भिस पूरा गर्नुपर्ने सजाय सुनाउँदै न्यायाधीसले एमिलीले १८ महिनासम्म पूर्व पार्टनर र उनकी छोरीलाई सम्पर्क गर्न नसक्ने आदेश सुनाए ।
स्मरण रहोस्, एचएसबीसी संसारका ठूला र चर्चित बैंकको सूचीमा पर्दछ । जनवरीमा बैंकका एक ४८ वर्षका विवाहित बोसमाथि यौन उत्पीडनको आरोप सार्वजनिक भएको थियो ।