ट्रम्पको सुरक्षाका लागि किन खटाइयो लंगुर ?
सोमबार दुई दिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प भारत आइपुगेका छन्।
उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्।
ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ।