भारतको सुरतबाट आएका तीनै जनाको स्वास्थ्य सामान्य, सेती अस्पतालले भर्ना गरेन
धनगढी: भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीनै जनाको स्वास्थ्य अवस्था सामान्य देखिएको छ। उनीमाथि कोरोनाको चेकजाँच गर्न आवश्यक नठानेपछि सेती प्रादेशिक अस्पताले अस्पतालले तीनैजनालाई भर्ना गरेको छैन।
‘तीनजना मध्यकी महिलालाई सामान्य रुघाखोकी लागेको र त्योपनि सन्चो भइसकेकाले सबैलाई घर फर्काइएको छ’ सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले दिनेश खबरलाई भने।
भारतमा कोरोना आशंका गरिएका एक महिलासहित तीन जना अत्तरिया पुगेको खबर प्राप्त भएपछि गोदावरी नगरपालिकाले उनीहरुलाई सेती प्रादेशिक अस्पताल पठाएको थियो। उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए।