सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयका कर्मचारी बिदाको दिनमा समेत कार्यालय आउनुपर्ने

२०७६ चैत्र ७, ०६:१६ खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई बिदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। 

काठमाण्डौ उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सह–सचिव तथा विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन दिइएको हो। मन्त्रालयले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम बढेकाले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्यकर्मीलाई बिदाको दिनमा कार्यालय आएर काम गर्न र उपत्यका नछोड्न निर्देशन दिएको हो। 
 

कमेन्ट लोड गर्नुस