सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश सरकारले बनायो थप ४० शैयाको आईसोलेसन

२०७६ चैत्र ११, १२:३५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो।

कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको क्वारेन्टाईन स्थापना गरिसकेको छ।

 

कमेन्ट लोड गर्नुस