साम्राज्ञीजीले अभिनय शैली परिवर्तन नगर्ने
सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ड्रिम्सबाट ब्रेक पाएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीजस्ता अभिनेत्रीको एकैखाले भूमिकाबाट आजित भएका दर्शकलाई उनको अभिनय शैली नौलो लाग्यो । स्टाइल, बोल्ड आवाज र फरक लुक्सका कारण उनलाई दर्शकको नजरमा ुक्लिकु हुन धेरै समय लागेन । ड्रिम्सले उनको करिअरमा उथलपुथल ल्यायो । उनी अहिले नेपाली फिल्मकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् । डिमाण्डले जति शिखर चुम्दै छ पारिश्रमिक पनि उनले उतिक्कै चर्को बुझ्ने गरेकी छन् । जे कुरा पनि पहिलो पटक नयाँ लाग्छ । ड्रिम्समा फरक अभिनय शैली प्रस्तुत गर्दा वाहवाही बटुलेकी साम्राज्ञीलाई अहिले त्यही शैलीले आलोचित बनाइरहेको छ । उनी अभिनीत ए मेरो हजुर २ र तिमीसँग फिल्म रिलिज भइसकेका छन् । तर, यी दुई फिल्ममा उनको अभिनय ड्रिम्सभन्दा नौलो र फरक देखिएन ।
यस वर्ष उनका दुई फिल्म रिलिजको तयारीमा छन् । साउन १८ गते कायरा र असोज ५ गते इन्टु मिन्टु लण्डनमा रिलिज हुँदैछन् । कायरा को ट्रेलर र इन्टु मिन्टुको टीजर यूट्युबमा सार्वजनिक भइसकेका छन् । ट्रेलर र टीजर हेर्दा यी दुई फिल्ममा पनि उनको भूमिका र अभिनय शैली पुरानै रहेको धेरैले अनुमान लगाएका छन् ।
हुनत, यसमा साम्राज्ञीको मात्र दोष छ भन्दा गलत हुनसक्छ । यहाँ जुन शैली विक्छ, त्यही शैलीमा कलाकारलाई पटक-पटक प्रस्तुत गर्ने गरिन्छ । फिल्म मेकर्स फरक भूमिकामा देखाएर चुनौती मोल्नुभन्दा ड्रिम्समा झैँ बोल्ड एण्ड स्टाइलिस अवतारमै देखाएर साम्राज्ञीलाई विकाउन तल्लिन छन् । यसको सबैभन्दा ठूलो असर साम्राज्ञीको कलकलाउँदो फिल्मी करिअरमा पर्ने देखिन्छ । उनले अबको दिनमा आफ्नो अभिनय शैली परिवर्तन गर्नुपर्ने सिनेवृतमा चर्चा चल्न थालेको छ ।
उनले भने भूमिका र अभिनय शैली परिवर्तन गर्नुपर्ने जिज्ञासालाई कति गम्भिरतापूर्वक लिइरहेकी छिन् रु कि त्यसखाले फिल्मबाट अफरै नआएका हुन् फिल्म इन्टु मिन्टु लण्डनमा को टीजर सार्वजनिक कार्यक्रममा उनीलाई पत्रकारले प्रश्न गरे, जसको साम्राज्ञीले सरल उत्तर दिइन्, फरक खाले स्क्रिप्टबाट अफर आए म गर्न तयार छु । सधै एउटा कलाकार राम्रो स्क्रिप्टको खोजीमा रहन्छ । म पनि खोजीमा छु । तर अहिलेसम्म भेटेको छैन ।