सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित अभिनेता ऋषि कपुरको निधन

२०७७ वैशाख १८, १०:११ खबर संवाददाता

बलिउडका चर्चित अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको आजतकले जनाएको छ।

अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन्। उनले ट्वीटरमा लेखेका छन, ‘उनी गए.. ऋषि कपूर... गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु।’

स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।

 

कमेन्ट लोड गर्नुस