सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

२०७७ वैशाख १९, ११:५४ खबर संवाददाता

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ। गायिका अधिकारीको गएराति ८४ वर्षको उमेरमा निधन भएको हो।

रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन। उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्।

उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्जज भएको थियो। उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो।
 

कमेन्ट लोड गर्नुस